दफा ४९४
दायित्व सृजना हुने अवस्था

(१) दफा ४९३ बमोजिमको दायित्व देहाय बमोजिम सृजना भई कायम हुनेछ :–
(क) कानून,
(ख) करार,
(ग) अप्रत्यक्ष वा अर्ध करार
(घ) अनुचित सम्वृद्धि (अनजष्ट इन्रिचमेन्ट)
(ङ) दायित्व लिने गरी भएको कुनै व्यक्तिको एकतर्फी प्रतिबद्धता,
(च) कानून बमोजिम दुष्कृति (टर्टस्) मानिने काम,
(छ) कानून बमोजिम अर्ध दुष्कृति मानिने काम ।
(२) उपदफा (१) को,–
(क) खण्ड (क) बमोजिमको दायित्व यस संहिता वा अन्य कानून बमोजिम कायम हुनेछ ।
(ख) खण्ड (ख) बमोजिमको दायित्व पक्षहरूबीच सम्पन्न भएको करार बमोजिम कायम हुनेछ ।
(ग) खण्ड (ग) बमोजिमको दायित्व यस भागको परिच्छेद–१५ बमोजिम परिभाषित अप्रत्यक्ष वा अर्ध करार बमोजिम कायम हुनेछ ।
(घ) खण्ड (घ) बमोजिमको दायित्व यस भागको परिच्छेद–१६ बमोजिम परिभाषित अनुचित सम्वृद्धि (अनजष्ट इन्रिचमेन्ट) बमोजिम कायम हुनेछ ।
(ङ) खण्ड (ङ) बमोजिमको दायित्व कुनै व्यक्तिको एकतर्फी प्रतिबद्धताबाट कानून बमोजिम दायित्व सृजना हुने व्यवस्था बमोजिम निर्धारण हुनेछ ।
(च) खण्ड (च) बमोजिमको दायित्व यस भागको परिच्छेद–१७ बमोजिम परिभाषित दुष्कृति (टर्टस्) बाट कायम हुनेछ ।
(छ) खण्ड (छ) बमोजिमको दायित्व यस भागको परिच्छेद–१८ बमोजिम परिभाषित त्रुटिपूर्ण उत्पादन वा कानून बमोजिम अर्धदुष्कृति मानिने अन्य कामबाट कायम हुनेछ ।